ब्रेनसन तथा बांदला अन्तरिक्ष यात्रामा

ब्रेनसन तथा बांदला अन्तरिक्ष यात्रामा

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २७, २०७८

एजेन्सी । भर्जिन ग्यालेक्टिकका मालिक तथा चर्चित उद्योगपति रिचर्ड ब्रेनसन अन्तरिक्ष यात्रामा जाँदैछन् । उनी जुलाइ ११ मा अन्तरिक्ष सफरका लागि निस्कँदैछन् । यसपटक भारतीय मूलकी सिरिशा बांदला पनि उनीसँग जाँदैछिन । सिरिशा बांदला भर्जिन ग्यालेक्टिक कम्पनीमा सरकारी मामिला तथा अनुसन्धान विभागसँग सम्बन्धित छन् । 

रिचर्डको साथमा अन्य पाँच जना अन्तरिक्ष यात्री पनि यात्रामा रहनेछन् । कल्पना चावला पछि अन्तरिक्ष यात्रामा जाने सिरिशा भारतीय मूलकी अर्की महिला हुनेछिन । सिरिशा आन्ध्र प्रदेशको गुन्टुर निवासी हुन् । यसअघि अन्तरिक्ष यात्रामा रहेका बेला दुर्भाग्यवश स्पेश शटल कोलम्बियाको दुर्घटनामा उनको मृत्यु भएको थियो । सिरिशाले सन् २०१५ मा भर्जिन कम्पनीमा काम गर्न शुरु गरेकी थिइन । जहाँ उनले भर्जिन अर्बिटको वाशिंगटनको कामकाज हेर्ने गरेकी थिइन् । उनले जर्जटाउन युनिभर्सिटीबाट एमबिए गरेकी हुन् । 

राकेश शर्मा सबैभन्दा पहिलो भारतीय अन्तरिक्ष यात्री हुन् । त्यसपछि क्रमशः कल्पना चावला तथा सुनिता विलियम्सले अन्तरिक्ष यात्रामा कदम राखेका थिए । 

अन्तरिक्ष कम्पनी भर्जिन ग्यालेक्टिकका रिचर्ड ब्रेनसन अर्का साथी अरबपति जेफ बेजोस भन्दा नौ दिन अघि अन्तरिक्षमा जान लागेका हुन् । ब्रेनसनले बिहिबार बेलुका जुलाइ ११ मा अन्तरिक्ष उडान हुने जसमा कम्पनीका सस्थापक लगायत अन्य छ जना यस उडानमा सहभागी हुनेछन् । 

अन्तरिक्ष यानले न्यू मेक्सिकोबाट उडान भर्नेछ भने चालक दलका सम्पूर्ण सदस्य कम्पनीका कर्मचारी हुनेछन् । भर्जिन ग्यालेक्टिकको यो चौंथो अन्तरिक्ष उडान हो । 

यस खबर सार्वजनिक हुनु केही समय अगाडि जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले बेजोस २० जुलाइमा अन्तरिक्ष यात्रामा जाने घोषणा गरेको थियो । साथै उनीसँग एअरोस्पेस जगतको एक अग्रणी महिला पनि हुनेछिन । उनले अन्तरिक्षमा जानका लागि ६० वर्ष धैर्य गरेको पनि बताइन्छ ।