मोटर तथा मोटर साइक्लिङ स्पोर्ट्स : नेपाल मै पहिलो पटक एकेडेमीको शुरुवात

मोटर तथा मोटर साइक्लिङ स्पोर्ट्स : नेपाल मै पहिलो पटक एकेडेमीको शुरुवात

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २७, २०७८

काठमाडौँ ।नेपालमा मोटर तथा मोटर साइक्लिङ्ग स्पोर्ट्सको क्षेत्रमा बिगत एक दशक भन्दा बढी समयदेखि क्रियाशील, नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA)द्वारा धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात भएको  छ ।

नेपाल अटोमोवाइल्स एसोसिएसनका महासचिव सुशील तण्डुकारका अनुसार नासाद्वारा शुरुगरिएको यस एकेडेमीका लागि अल्टिमेट हिमालयन मोटर ल्याण्डका(UHML) इभेन्ट पार्टनर को रुपमा रहेको छ भने धुलिखेल नगरपालिकाको सहयोग रहनेछ ।     

हिजो असार २६ गते को दिन मोटरल्याण्डमा आयोजित, नासा नेपालका अध्यक्ष दशरथ रिसालले अध्यक्षता गरेका एक कार्यक्रमका बिच  धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सो एकेडेमीको उद्घाटन गरेका थिए ।

कार्यक्रम संयोजक समेत रहेका नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले यो कार्यक्रम सफलता का साथै नेपालमा मोटर स्पोर्ट्सको नया आयाम थपिनेमा पूर्ण बिस्वस्थता ब्यक्त गर्दै नासा नेपालले मोटर स्पोर्ट्सको क्षेत्रमा बिगत १० वर्ष देखि गरिरहेको संघर्षमा यो एउटा ठुलो उपलब्धि अनि फड्को हुने बताए । त्यस्तै,  सो एकेडेमीले ड्राइभर/राइडर तयार, खेल लाइसेन्स वितरण, Girl on the track लगायतको अभियानहरुलाई वार्षिक कार्यक्रम बनाई अघि बढ्ने उपाध्यक्ष बरालले जानकारी गराए ।  

नासा नेपालका सदस्य तथा अल्टिमेट हिमालयन मोटर ल्याण्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले कोरोनाले सिथिल पारेको यस मोटर ल्याण्ड छिट्टै नै विभिन्न प्रदेश तथा राष्ट्रियस्तर का खेल कार्यक्रमका साथ अघि बढ्ने बताए ।

कार्यक्रममा नासाका सचिव निरज खड्काले  नगरपालिकाबाट हालसम्म प्राप्त साथ र सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा समेत हातेमालो गर्दै धुलिखेललाई खेल पर्यटनको हब बनाउने प्रतिबद्धता व्यक्त गरे  । 

त्यस्तै, कार्यक्रमा अतिथिको रुपमा उपस्थित नासा नेपालका संस्थापक महासचिव गोविन्द भट्टराईले खेल तथा खेलाडी र भोलिन्टियरबीचको सम्बन्ध, खेल तथा खेलाडी ब्राण्डिङ्गको महत्व बारे प्रकाश पर्दै राखेप को तर्फबाट यस किसिमका शाहसिक तथा पर्यटकीय खेललाई सदैव साथ , सहयोग र समर्थन रहने जनाए ।         

Kathmandu Engineering College, Dhulikhel Sanjibhini college काठमाडौँ विश्वविद्यालय, लगायत अन्य कलेजहरुबाट कुल २०० जना लाई तालिम दिने लक्ष लिएको त्यस कार्यक्रममा  कलेजका तर्फबाट प्रतिनिधिहरु को पनि उपस्थिति रहेको थियो । 

कार्यक्रमको दोश्रो चरणमा, काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रे लगायतका जिल्लाहरुबाट  कार्यक्रमा सहभागी कुल ४० जना लाई मार्शल तालिम समेत दिईयो जसमा ई. शुशिल तण्डुकार तथा उहाँको टिमले मार्शलिङ्गका लागि चाहिने आधारभूत ज्ञान बारे प्रस्तुति गर्नु भयो भने धुलिखेल हस्पिटलको तर्फबाट कार्यक्रममा उपस्थित डा श्रेया श्रेष्ठ, तथा उहाँको  टिमले आपतकालीन उद्वार गर्ने बारे जानकारी  गराए ।  Theory सत्र  पछि सम्पूर्ण सभागीहरुलाई ट्रयाकमा लगि  Practical तालिम  गराइएको थियो । साथै, उपस्थित अतिथिहरुको हातबाट सहभागीहरुलाई  मेडिकल तथा ट्रयाक मार्शलको सर्टिफिकेट समेत प्रदान गरियो ।  तालिममा सहभागीहरु यस प्रकारको तालिम प्राप्त गरेको मा निकै नै उत्साहित देखिन्थे ।