नबिल बैङ्क र यूनाईटेड फाइनान्सको संयुक्त कारोबार: कर्जा र निक्षेप दुवैको आकार २ खर्ब !

नबिल बैङ्क र यूनाईटेड फाइनान्सको संयुक्त कारोबार: कर्जा र निक्षेप दुवैको आकार २ खर्ब !

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २७, २०७८

काठमाडौँ । नबिल बैङ्कले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको नबिल बैङ्क लिमिटेडले जनाएको छ ।नबिल बैङ्क लिमिटेडले यूनाईटेड फाइनान्स लिमिटेडलाई  प्राप्ति प्रक्रिया पूरा भएर २०७८ असार २७ आइतबारदेखि एकीकृत कारोबार सुरु भएको हो  ।

नबिल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका अनुसार  २०७८ असार २७ आइतबार आयोजित एक कार्यक्रममा नबिल बैङ्क तथा युनाइटेड फाइनान्स का अध्यक्ष  उपेन्द्र प्रसाद पौड्याल र वसन्त कुमार चौधरीले एकीकृत कारोबार संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो । 

नबिल बैङ्कका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैङ्कको नीतिगत व्यवस्थालाई अङ्गीकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैङ्क अगाडि बढेको बताउनु भयो । ‘यो प्राप्तिले नबिल बैङ्कको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौँ,’ अध्यक्ष पौड्यालले भन्नु भयो ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात् नबिल बैङ्कको चुक्ता पुजी  १३ अरब ८४ करोड रुपियाँ  पुग्नेछ भने कुल पुजी कोष  ३२ अर्ब ६८ करोड रुपियाँ   हुनेछ । साथै, नबिल बैङ्कको शाखा सञ्जाल वृद्धि भई १३५ हुनेछ र एटिएम  सङ्ख्या भने १८३ हुनेछ । निक्षेपको आकार  २१६ अर्ब हुनेछ भने कर्जाको आकार  २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार) । यसले गर्दा नबिल बैङ्कको कर्जा एवं निक्षेप दुवैको आकार २ खर्ब माथि हुनेछ ।