रोनाल्डोले जिते गोल्डेन बुट

रोनाल्डोले जिते गोल्डेन बुट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २८, २०७८

काठमाडौं ।  पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् ।

आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

रोनाल्डोले ४ खेलमा ५ गोल गरे । साथै, १ असिस्ट पनि गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।

चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए । युरोकपको उपाधि भने इटालीले जितेको छ ।