अमेरिकाबाट १५ लाख डोज खोप नेपाल आइपुग्यो

अमेरिकाबाट १५ लाख डोज खोप नेपाल आइपुग्यो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २८, २०७८

अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज खोप नेपाल आइपुगेको छ । एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप सोमबार बिहान नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उक्त खोप विमानस्थलबाट भण्डारणका लागि टेकु लगिएको छ । उक्त खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको थियो । उक्त खोप आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।