मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट, कतिले पाए?

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट, कतिले पाए?

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २८, २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथामिक शेयर आज बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ः३० बजे शेयर बाँडफाँट गरेको हो ।

१७ असारदेखि २१ असारसम्म आवेदन खुलाएको लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा शून्य दशमलव ५ प्रतिशत शेयर कर्मचारीलाई ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्तामा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

सोहीअनुसार आईपीओमा १९ लाख ५४ हजार २ सय ७४ आवेदकबाट २ करोड ५१ लाख ३३ हजार २ सय ९० कित्ताका लागि आवेदन परेको थियो भने तीमध्ये ३२ हजार ८ सय ५९ आवेदकबाट परेको ४ लाख ३० हजार ७१० कित्तालाई शंकास्पदमा राखिएको छ । ती शंकास्पदमध्ये २ हजार ७ सय ५३ आवेदकबाट परेको ३७ हजार ९ सय २० कित्तालाई बदर गरिएको छ ।

एनएमबी क्यापिटलका अनुसार १९ लाख ५१ हजार ५२१ आवेदकबाट परेका कुल २ करोड ५० लाख ९५ हजार ३७० कित्ता सदर भएका छन् । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसअनुसार ३६ हजार ३ सय ४९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट २ दुई जनाले थप १र१ कित्ता शेयर पाएका छन् ।

आईपीओ नतिजा सीडीएससीको आईपीओ रिजल्ट डट सीडिएससी डट एनपीमा गएर अथवा एनएमबी क्यापिटल वेबसाइटमा गएर हेर्न सकिन्छ । योसँगै नतिजा मनकामना स्मार्ट लघुवित्तको वेबसाइटमा पनि हेर्न सकिने छ ।