सखी प्रतिष्ठान : २०८ औं भानु जयन्तीकाे सन्दर्भ पारेर विशेष कवि गोष्ठीको आयोजना

सखी प्रतिष्ठान : २०८ औं भानु जयन्तीकाे सन्दर्भ पारेर विशेष कवि गोष्ठीको आयोजना

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार २८, २०७८

काठमाडौँ ।२०८ औँ भानु जयन्तीको अवसरमा आज २०७८ असार २८ गते सखी प्रतिष्ठानले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा विशेष कवि गोष्ठीको आयोजना गर्‍यो । सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गुन्जनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक रहनु भएको थियो । 

सो कार्यक्रममा अमेरिकाबाट आउनु भएका साहित्यकार गोविन्द गिरी प्रेरणालाई विशेष सम्मान गरियो । सो सम्मान प्रमुख अतिथि हिरण्यकुमारी पाठक, अध्यक्ष मन्जिला अनिल र सल्लाहकार राधेश्याम लेकालीले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न कविहरूले आआफ्नो कविता वाचन गरेका थिए । आफ्नो मन्तव्यसहित कविता वाचन गर्नेहरूमा कवि एवं समालोचक तथा भानु प्रतिष्ठानका सचिव रमेश शुभेच्छुक, सखी प्रतिष्ठान कार्यसमितिका सदस्य कवि शान्ति रिसाल, अमेरिकाबाट आउनु भएका कवि निता श्रेष्ठ रहनु भएको थियो ।

यसै गरी कविता वाचन गर्नु हुने अन्य कविहरूमा क्रमशः गोविन्द गिरी प्रेरणा, मधु पाठक, निशा के. सी., शशी थापा पण्डित, इलु शर्मा आदि रहनु भएको थियो । 

सो कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा र कविता वाचन गरिएको थियो । कार्यक्रममा  सखी प्रतिष्ठानका सल्लाहकार एवं साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र वरिष्ठ साहित्यकार, गोविन्द गिरि प्रेरणा ९अमेरिका०ले आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

यसै गरी प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक र आयोजक संस्था सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसअगि पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै आदिकवि भानुभक्त आचार्यको तस्बिरमा प्रमुख अतिथि हिरण्यकुमारी पाठकले माल्यार्पण गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष कमला रिसालले गीत गाउनु भएको थियो । 

कार्यक्रममा साहित्यकारहरू सुशीला देउजा, ज्ञानन्द्री कैनी, प्रतिष्ठानका कोषाध्यक्ष मेनका लामा कार्यसमिति सदस्यहरू राधा भण्डारी, ईश्वरी लामा याचकी, निशा रिमाललगायत आरती राना, हेमा शर्मा, रितु सुवेदी, सुमित्रा अधिकारी आदिको उपस्थिति रहेको थियो । 

यसै गरी कार्यक्रममा महासचिव एल्सा झाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव रुपा पौडेलले गर्नु भएको थियो ।