मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ९ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरूको बारेमा निर्णय गर्न बैठक बोलाइएको हो । 

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । जसमा माओवादीको पनि समर्थन रहेको छ ।