डिशहोमको 'खुशीको कनेक्सन':  पूर्ण भिडियो सार्वजनिक (भिडियोसहित)

 ललितपुर । डिसहोमले आफ्नोे 'खुशीको कनेक्सन' अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैका बिच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छाता देखि नव दुलही केही हदसम्म प्रसन्न हुन्छिन्  । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ । लोकप्रिय गायक अमित बरालको 'म तिम्रै हुँ', गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबिच डिशहोमसँगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । नौ वटा स–साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै QHD  पिक्चर क्वालिटी, , PPV , PVR , X VOD, डिशहोम GO APP र Web, विशेष सामग्रीहरु र ग्राहक सेवासंग लिंक गरिएका छन् ।

डिशहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ । स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ ।  यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिनेछ

'खुशीको कनेक्सन' यहाँ क्लिक गरेर हर्न सकिन्छ