राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव पारित

राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव पारित

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३०, २०७८

राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव साधारणसभाले पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न साधारणसभाले संचालक समितिबाट प्रस्तावित बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस शेयर र बोनसपछि कायम हुने पुँजीको १४७.५२ प्रतिशत (९५ लाख ३५ हजार ७६० कित्ता) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेलगायतका एजेण्डाहरू पनि पारित गरेको छ ।

बोनसपश्चात राधी विद्युत कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुगेको छ भने हकप्रद शेयरपछि चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।