माधव नेपाललाइ एमालेमा कुनै ठाउँ छैन : ओली

माधव नेपाललाइ एमालेमा कुनै ठाउँ छैन : ओली

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको बताउनु भएको छ । प्रधानमन्त्री निवासबाट बालकोट निजी निवासमा पुगेपछि उहाँले सो कुरा बताउनु भएको हो ।  

‘आफ्नै पार्टीभित्रका प्रतिक्रियावादी तत्वहरु विकास प्रेमी सरकार ढाल्न लागि परे । जसको अगुवाइ माधव नेपालले गरे । अब माधव नेपाललाई पार्टीभित्र कुनै पनि ठाउँ छैन’, उहाँले भन्नुभयो ।  

तर, माधव नेपाल बाहेकका अन्य नेताहरुले गल्ती, कमीकमजोरी र आत्मलोचना गरेर आए  पार्टीमा ठाउँ दिने उहाँले बताउनु भयो ।  

‘माधव नेपाल बाहेककाहरुलाई कमीकमजोरी र आत्मालोचना गरेर आएको खण्डमा पार्टीमा ठाउँ छ। तर माधव नेपालको हकमा आत्मालोचना र गल्तीकमीकमजोरी  पनि पार्टीमा स्वीकार हुने छैन’, उहाँले भन्नुभयो ।