भृकुटीमण्डपमा रजाइँ

भृकुटीमण्डपमा रजाइँ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

काठमाडौँ । कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो । तीनधारा संस्कृत छात्रवासमा बस्दा यहाँको रमाइलो मेला घुमेको सम्झना गर्छन् प्राध्यापक देवी सुवेदी । 'खाना खाएर यसो घुम्न यहीं जान्थ्यौं,' उनी सम्झन्छन्, 'टाढा घुम्न गइयो भने ककनी, पनौती, खोपासी, त्रिशूली गइन्थ्यो ।'

 

वर्षमा दुई-तीन पटक यहाँ मेला लाग्थ्यो । राजाको जन्मोत्सव, रानीको जन्मोत्सव पारेर मेला लाग्थ्यो । एक पटक सुरु भएको मेला एक डेढ महिना चल्थ्यो । बालबालिकाका लागि खेल, पसलका स्टल राखिन्थ्यो । त्यसको व्यवस्थापन गर्ने काम भृकुटीमण्डप सञ्चालक समितिले गथ्र्याे । टिकट काटेर जानुपर्थ्याे मेला हेर्न ।

 

'१० पैसादेखि २५ पैसासम्मको टिकट काटेको याद छ,' बागबजारका ५७ वर्षीय होमप्रसाद खड्गी भन्छन्, 'राजा महेन्द्रको पालामा सुरु भएको थियो रमाइलो मेला ।' घुम्न जाने यो ठाउँमा ठेलामा सामान राखिएका छन् । टहरा बनाइएका छन् । कहीं पाल राखेर पसल राखिएका छन् । 'हेर्दाहेर्दै कुरूप भयो यो ठाउँ,' सुवेदी भन्छन्, 'यो प्राकृतिक सम्पदा विनाश भएको उदाहरण हो । प्राकृतिक सम्पदा फर्काउनै नसकिने गरी विनाश भए काठमाडौंमा ।' आजको कान्‍तिपुर दैनिकमा याे समाचार छ ।