मेडिकल कलेजले पैसा फिर्ता गरेनन्

मेडिकल कलेजले पैसा फिर्ता गरेनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

काठमाडौं । मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसँग जवाफ मागेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तीन दिनभित्र जवाफ मागी बिहीबार त्रिविलाई पत्राचार गरिएको जानकारी दिए ।

 

'शुल्क फिर्ताको प्रक्रिया के-कसरी अघि बढेको छ भनेर जानकारी दिन त्रिविलाई निर्देशन दिइएको छ,' उनले भने । पोखराको गण्डकीसहितका मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्ने सहमति गत चैत ७ गते भए पनि कार्यान्वयन भएको छैन ।

 

'शुल्कका विषयमा विश्वविद्यालयको सिस्टमअनुसार नै जानुपर्छ, मन्त्रालयमा भएको पूर्वसहमतिबारे जवाफ मागिएको हो,' सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलले भने । अवैध शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित बनेपछि शिक्ष्ाामन्त्रीले सर्वपक्षीय बैठक डाकेर महिना दिनभित्र फिर्ता गराउने सहमति गराएका थिए । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।