मेस्सी बार्सिलोनामा नै रहने !

मेस्सी बार्सिलोनामा नै रहने !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ३१, २०७८

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौतालाई लिएर सहमति भएको मिडिया रिपोर्टमा उल्लेख छ । गर्ने भएका छन् ।

जुन ३० बाट फ्रि एजेन्ट बनेका कप्तान मेस्सीले बार्सिलोना पाँच वर्षे नयाँ सम्झौता गर्न लागेका हुन् । नयाँ सम्झौता अनुसार मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने मिडिया रिपोर्टमा उल्लेख छ । 

हालै अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि जिताएका उनले बार्सिलोना छोड्ने खबर लगातार आइरहेको थियो । तर, अब उनी बार्सिलोनामा नै रहने भएका छन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमा राख्न सफल भएको बताइएको छ ।