उपकरण विग्रिँदा वीरको बिजोग

उपकरण विग्रिँदा वीरको बिजोग

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

काठमाडौं । वीर अस्पतालका विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नुपर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् ।

अस्पतालमा दैनिक १० नयाँ बिरामी आईसीयू चाहिने खालका आउँछन् । अस्पतालको आईसीयू नपाउँदा उनीहरू निजीमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य छन्  ।

वीरमा ३ हजार रुपैयाँमा पाइने आईसीयू बाहिर चार गुणा बढी छ । भेन्टिलेटर बिगि्रएको एक वर्ष बितिसक्दा पनि मर्मत भएको छैन । एक वर्षदेखि उपकरण बिग्रिएकै कारण नाक, कान, घाँटी विभाग पनि प्रभावित छ । शल्यक्रिया गर्नका लागि आवश्यक पर्ने माइक्रोसकोप उपकरण बिग्रँदा आएजति बिरामीले सेवा पाउन सकिरहेका छैनन् । विभागमा पहिले २ माइक्रोसकोप थिए । एउटा बिग्रेर काम नलाग्ने भएपछि बिरामीले निजी निजी अस्पतालबाट सेवा लिन बाध्य भएका छन् । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।