प्रतिनिधिसभा बैठक ३ साउनमा बोलाउन सिफारिस

प्रतिनिधिसभा बैठक ३ साउनमा बोलाउन सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७८

सरकारले ३ साउनका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनमा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गत ७ जेठमा तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै ३ साउनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।