आर्थिक वर्षको अन्तिम दिन नेप्से उकालोमा

आर्थिक वर्षको अन्तिम दिन नेप्से उकालोमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३१, २०७८

आर्थिक वर्षको अन्तिम दिन आज नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा चालू आर्थिक वर्षको अन्तिम दिन कारोबार रकम भने बढेको छ । ११.३३ बिन्दुले नेप्से परिसूचक बढेर आर्थिक वर्षको अन्तिम दिन बिहीबार २८८३.३८ बिन्दुमा पुगेको छ ।

बिहीबार बैंकिङ, ट्रेडिङ, जलविद्युत्, फाइनान्स र निर्जीवन बीमा, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह बढेका हुन् ।

आर्थिक वर्षको अन्तिम दिन सबैभन्दा बढी कमाउने लगानीकर्तामा रसुवागढी जलविद्युत् आयोजनाका लगानीकर्ता रहेका छन् । मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सबैभन्दा बढी गोर्खा फाइनान्सको ३६ करोड रुपैयाँको कारोबार भएको छ ।

बिहीबारदेखि सकिएको चालू आर्थिक वर्षमा नेप्सेमा भने रेकर्ड ने रेकर्ड बनेको छ । आज कारोबार नै साढे १९ अर्ब रुपैयाँसम्म भयो भने शेयर बजारमा कारोबार गर्ने लगानीकर्तासमेत थपिए ।

तर, धितोपत्र बोर्डले १ महिनाअघि ५१ वटा कम्पनीको बारेमा शेयरमा चलखेल भएको विज्ञप्ति जारी गरेसँगै कारोबार रकम भने घट्न थालेको थियो ।