कुटपिटबाट ४२ वर्षीय पुरुषको मृत्यु

कुटपिटबाट ४२ वर्षीय पुरुषको मृत्यु

लोकसंवाद संवाददाता  |  अपराध  |  असार ३१, २०७८

कञ्चनपुर । भीमदत्त नगरपालिका–  १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । 

कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो  ।