नेपाल  निवासमा वरिष्ठ नेताहरुको भेटवार्ता

नेपाल  निवासमा वरिष्ठ नेताहरुको भेटवार्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७८

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरूबीच भेटवार्ता भएको छ । 

शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेका ‘विप्लव’ले पछिल्लो समय प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाटको सक्रियता बढाउनु भएकाे  छ ।  

महासचिव विप्लवले बुधबार मात्रै  प्रचण्डसँग उहाँकै निवासमा भेटवार्ता गर्नु भएकाे थियाे ।