मोटरसाइकलको ठक्करबाट  मृत्यु

मोटरसाइकलको ठक्करबाट  मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार ३१, २०७८

राजविराज । तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा  तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् ।

स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले  जानकारी दिनुभयो । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय  नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।