शोधनान्तर बचत घाटामा पुग्यो

शोधनान्तर बचत घाटामा पुग्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७८

काठमाडौं । केही महिनादेखि क्रमशः संकुचन हुँदै गएको शोधनान्तर बचत गत जेठ मसान्तमा घाटामा पुगेको छ । विप्रेषण आय लगातार बढे पनि चालू खाता घाटा बढ्दै गएर शोधनान्तर घाटा भएको हो । यसले बाह्य क्षेत्रमा दबाब परेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । केही महिनायता विप्रेषण आप्रवाह वृद्धि हुँदै आए पनि चालू आवको ११ महिनाको अन्त्यमा शोधनान्तर स्थिति रू. १५ अर्ब १५ करोडले घाटामा रहेको छ । गतवर्षको सोही अवधिमा रू. १ खर्ब ७९ अर्ब ३७ करोडको शोधनान्तर बचत थियो । यसै अवधिमा चालू खाता घाटा पनि अत्यधिक बढेर रू. २ खर्ब ९३ अर्ब ९७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा चालू खाता रू. ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा हिसाब गर्दा गतवर्षको जेठसम्ममा १ अर्ब ५० करोडको शोधनान्तर बचत थियो, यस वर्ष भने यो १४ करोड ८ लाखले घाटामा छ ।

 आर्थिक अभियान दैनिकबाट