मध्यरातमा लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

मध्यरातमा लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७८

काठमाडौं । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ ।

बजेट पारित हुन नसकेपछि मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका हुन् । 

धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालय प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिए । 

लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन् ।  बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री पोखरेल नै संसद बैठक छाडेर हिंडेका थिए । अब सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।