एमाले स्थायी कमिटी बस्दै, के छन् एजेण्डा ?

एमाले स्थायी कमिटी बस्दै, के छन् एजेण्डा ?
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने बैठक तीनवटा एजेण्डामा केन्द्रित रहने बताइएको छ ।

पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै बैठकले त्यसलाई अनुमोदन गर्ने र सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।

असन्तुष्ट माधव नेपाल खेमाले बैठक सार्न आग्रह गरेको भए पनि संस्थापन खेमाले उक्त आग्रह मानेको छैन । बैठक नसारेमा आफूहरू नजाने माधव खेमाले बताएको छ ।