चीनले थप १६ लाख डोज उपलब्ध गराउने

चीनले थप १६ लाख डोज उपलब्ध गराउने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण १, २०७८

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी यसबारे जानकारी दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।