आज राजस्थानको भाग्यफैसला हुँदै

आज राजस्थानको भाग्यफैसला हुँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २१, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राजस्थान रोयल्सले दिल्ली क्यापिटलको सामना गर्दैछ ।

आजको खेलबाट राजस्थानको भाग्यफैसला हुनेछ । खेल जिते मात्रै राजस्थानको प्लेअफको सम्भावना कायमै देखिनेछ भने हारेमा प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले राजस्थानले चालू सिजनमा समूह चरणको आफ्नो अन्तिम खेल जसरी पनि जित्ने दाउमा छ । तर, उसलाई खेल जित्न सहज छैन । किनकि टिमका मुख्य खेलाडी घर फर्किसकेका छन् । टिमका हतियार मानिएका जोफ्रा आर्चर घर फर्किसकेका छन् भने कप्तान स्टिभ स्मिथ आगामी खेलमा उपलब्ध हुने छैनन् । उनी वल्र्ड कपको तयारीका लागि अस्ट्रेलिया फर्किसकेका छन् । त्यसकारण राजस्थानलाई आजको खेल जित्नु फलामको चिउरा चपाएसरह नै हुनेछ ।

दिल्लीलाई पनि खेल जित्न सहज भने देखिँदैन । किनकि चालू सिजनमा सबैभन्दा बढी खतरनाक देखिएका कागिसो रवाडा घर फर्किसकेका छन् । तर, दिल्लीलाई घरेलु मैदानको साथ भने प्लस प्वाइन्ट बन्नेछ ।

हेड टु हेडमा राजस्थान अघि

यी दुई टिमबीच भएका हेड टु हेड खेलमा भने राजस्थान अघि देखिएको छ । राजस्थानले १९ खेलमध्ये ११ मा विजयी भएको छ भने दिल्लीले ८ खेलको नतिजा मात्रै आफ्नो पक्षमा पारेको छ ।