एचआइभी संक्रमित बालबालिकालाई पोशाक

एचआइभी संक्रमित बालबालिकालाई पोशाक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

धनगढी । गौरीगंगा नगरपालिका वडा नम्बर ६ ले एचआइभी संक्रमित बालबालिका तथा कमजोर आर्थिक स्थिति भएका विद्यार्थीलाई पोशाक वितरण गरेको छ । वडा कार्यालयले वडाका विभिन्न विद्यालयमा अध्ययनरत जनालाई पोशाक वितरण गरेको हो । 

पोशाक वितरण कार्यक्रममा वडा सदस्य टेकबहादुर कुँवरले वडाको वार्षिक योजनाको कार्यक्रम अनुसार पोशाक वितरण गरिएको जानकारी दिए । ‘आगामी दिनमा पनि पिछडिएका, विपन्न तथा एचआइभी संक्रमित बालबालिकाका लागि कार्यक्रम गरिनेछ,’ उनले भने । 

कार्यक्रममा विणा विद्या मन्दिर विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र बोगटीले वडा कार्यालयको यो काम सह्रानीय भएको बताए । 

स्थानीय अगुवा दानबहादुर कुवँरले वडा कार्यालयले यहाँको सामाजिक, शैक्षिक, आर्थिक विकासका निमित्त कार्यक्रम गरिरहेको भन्दै प्रशंसा गरे ।