नयाँ आवको पहिलो दिन नै नेप्से उकालोमा

नयाँ आवको पहिलो दिन नै नेप्से उकालोमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३, २०७८

चालू आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । 

पहिलो कारोबारमा नै अप्रत्यासित उछाल आएपछि यतिबेला सबै कम्पनीका सूचक हरियाली बनेका छन् ।

आज २ बजेर ५० मिनेट जाँदासम्मको शेयर बजार परिसूचक नेप्से ७१.७६ अंकले बढेर २९५५.१६ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि ७ अर्ब ८६ करोड रुपैयाँको हाराहारीमा पुगेको छ । 

हरियाली बजारमा कारोबारमा आएका २२० कम्पनीमध्ये १६९ कम्पनीको शेयर मूल्य बढेको छ, जसमा ङादी ग्रुप पावर कम्पनी र सिँगटी हाइड्रो इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै सिद्धार्थ बैंक र हिमालयन पावर पनि सर्किट हान्ने तरखरमा छन् ।