भीम रावलद्वारा सांसद पदबाट राजीनामा

भीम रावलद्वारा सांसद पदबाट राजीनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गर्नुभएको छ ।

अछाम क्षेत्र नम्बर- १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल खेमाका सांसदहरूको भेलामा उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्दा भीम रावलसहित एमालेका २६ जना सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गर्नुभएको हो ।