संसदमा जसपा अलगअलग स्थानमा

संसदमा जसपा अलगअलग स्थानमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ । 

जसपा अध्यक्ष महन्थ ठाकुर खेमाका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव खेमा सत्तापक्षको सिटमा आसिन छन् । जसपाले कानुनी रूपमा विभाजन कुरिरहेको छ ।

निर्वाचन आयोगको इजलासमा जसपाको कानुनी आधिकारिकता कसले पाउने भन्ने विषयमा सुनुवाइ भइरहेको छ । यही समयमा ठाकुर खेमाका ७ जना सांसद यादव समूहमा लागिसकेका छन् ।