निर्वाचन आयोगमा जसपा विवाद 'हेर्दाहेर्दैमा'

निर्वाचन आयोगमा जसपा विवाद 'हेर्दाहेर्दैमा'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

काठमाडौं । जनता समाजवादी पार्टीको विवादसम्बन्धी मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा परेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको इजलासले दलको विवादमा प्रारम्भिक सुनुवाइ गर्दै कागजपत्र झिकाउने निर्णय गरेको छ। त्यस्तै आयोगको इजलासले आगामी साउन ६ गतेदेखि निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्ने निर्णय गरेको छ । 

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुबैले आधिकारिकता दाबी गरेका छन् ।

निर्वाचन आयोगमा उनीहरूले विभाजनको प्रक्रिया अगाडि बढाइदिन आग्रह गरिसकेका छन् ।