जसपाको महन्थ-राजेन्द्र खेमाले पनि देउवालाई मत दिने

जसपाको महन्थ-राजेन्द्र खेमाले पनि देउवालाई मत दिने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर खेमाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको एक सांसदले जानकारी दिए । देउवाले आफ्ना माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिएकाले देउवालाई विश्वासको मत दिने निर्णय गरेको उनको भनाइ छ ।