माधव खेमाका सबै सांसदले विश्वासको मत नदिने

माधव खेमाका सबै सांसदले विश्वासको मत नदिने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका केही नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने र तटस्थ रहने भएका छन् ।

पार्टी एकताका लागि गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरूले विश्वासको मत नदिने भएका एक नेताले जानकारी दिए ।

कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने ती नेताको भनाइ छ । यसरी नै कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढालगायतले पनि विश्वासको मत नदिने उनले बताए ।