यादव र डा. भट्टराईको समाजवादी पार्टी सोमबार घोषणा हुने

यादव र डा. भट्टराईको समाजवादी पार्टी सोमबार घोषणा हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

काठमार्डौ  । सत्तरुढ दल संघीय समाजवादी पार्टी नेपाल र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्ति पार्टी, नेपाल पार्टी मिलेर समाजवादी पार्टी नेपाल निर्माण हुने भएको छ । 

संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईद्धरा यही २०७६ साल बैशाख २१ ग्ते संयुक्त पे्रस विज्ञप्ती जारी उक्त कुराको जानकरी दिएका हुन । 
जरी विज्ञप्तीमा समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यामान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता र विभेद शोषणको खन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भमिका निर्वाह गर्ने कुरा उल्लेख गरिएको छ । 

साथै यसरी नयाँ बन्ने समाजवादी पार्टी नेपालको घोषणा २०७६ बैशाख २३ गते सोमबारका दिन नेपाल प्राज्ञ प्रतिष्ठानमा विषेश कार्यक्रमको बिचमा हुने पनि जानकारी दिइएको छ ।