दुर्घटनामा परी पाकिस्तानमा २७ को मृत्यु, ३० घाइते

दुर्घटनामा परी पाकिस्तानमा २७ को मृत्यु, ३० घाइते

रासस  |  विदेश  |  श्रावण ४, २०७८

पाकिस्तानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाब प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपास नजिकै  भएको घटनाका कारण अरू ३० जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

तीब्र गतिमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्किदाँ दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरूले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएको छ । 

घाइतेहरूलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।