माधव खेमा गएन एमाले बैठकमा

माधव खेमा गएन एमाले बैठकमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल खेमा अनुपस्थित छ ।

एमालेले पार्टीलाई २ जेठ २०७५ अघिको संरचनामा फर्काउने झल्को दिने गरी बैठक स्थलमा केन्द्रीय कमिटीको १०औँ बैठकको ब्यानर राखिएको छ । बैठक बोलाउँदा भने केन्द्रीय कमिटीको १औँ बैठक भनिएको थियो ।

माधव नेपाल खेमाले अध्यक्ष केपी शर्मा ओलीका कामकारबाहीप्रति तीब्र असन्तुष्टि राख्दै आएको छ । यही असन्तुष्टिका कारण प्रस्ट बहुमतको ओली नेतृत्वको आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्ष कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयाेग गरेको थियो यस खेमाले ।