देउवालाई मत दिने एमाले सांसदलाई २४ घन्टे प्रष्टीकरण

देउवालाई मत दिने एमाले सांसदलाई २४ घन्टे प्रष्टीकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान गरेका थिए ।

असन्तुष्ट खेमाको नेतृत्व गरेका माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ले देउवालाई विश्वासको मत दिनुभएको थियो ।

यसरी नै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिनुभएको थियो ।