एमाले केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो १० बुँदे सहमति

एमाले केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो १० बुँदे सहमति

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७८

नेकपा एमालेले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले जुटाएको १०बुँदे सहमतिलाई अनुमोदन गरेको छ । 

सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले कार्यदलले जुटाएको १०बुँदे सहमतिलाई अनुमोदन गरेको हो ।

बैठकले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय पनि गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभएको छ ।