आइपिएलमा रियान परागको कीर्तिमान

आइपिएलमा रियान परागको कीर्तिमान
दिल्ली क्यापिटलविरुद्ध सट प्रहार गर्ने प्रयास गर्दै राजस्थान रोयल्सका रियान पराग र विकेट किपिङ गर्दै रिसभ पन्त । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २१, २०७६

नयाँ दिल्ली । राजस्थान रोयल्सका रियान पराग इण्डियन प्रिमियर लिग (आइपिएल)मा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । 

शनिबार दिल्ली क्यापिटलविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दा उनको उमेर १७ वर्ष १७५ दिन थियो । उनले ४९ बलमा दुई चौका र दुई छक्का प्रहार गरी ५० रन बनाएका थिए । 

उनको कीर्तिमानबारे राजस्थान रोयल्सको ट्विटर ह्यान्डले पनि ट्विट गरेको छ । 

यसअघि यो कीर्तिमान सञ्जु सैमसनको नाममा थियो । उनले सन् २०१३ मा यो कीर्तिमान कायम गरेका थिए । त्यतिबेला उनको १८ वर्ष १६९ दिन थियो ।

अघिल्लो वर्ष पृथ्वी सोले पनि सैमसनको कीर्तिमानमा बराबरी गरेका थिए ।