सहमति कार्यान्वयन माग्दै विप्लव पुगे ओलीकहाँ

सहमति कार्यान्वयन माग्दै विप्लव पुगे ओलीकहाँ

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका नेताहरूबीच भेटवार्ता भएको छ । 

भेटका लागि विप्लव समूहबाट महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोला ओली निवास बालकोट पुग्नुभएको थियो ।

भेटमा सहभागी एक एमाले नेताका अनुसार विप्लव समूहका नेताहरूले हिजो गरएिका सहमतिअनुसार नै अगाडि बढ्न चाहेको बताएका थिए ।

उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो पनि गरेका थिए ।

अध्यक्ष ओलीले पनि आफू सरकारमा भए पनि वा विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा उही रहने बताउनुभएको छ ।