मध्य भोटेकोसी जलविद्युत् कम्पनीको आईपीओ खुल्यो, यिनले दिन पाउँछन् आवेदन

मध्य भोटेकोसी जलविद्युत् कम्पनीको आईपीओ खुल्यो, यिनले दिन पाउँछन् आवेदन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ५, २०७८

मध्य भोटेकोसी जलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि आईपीओ पुन:निश्कासन गरेको छ । २१ वैशाखदेखि ६० लाख कित्ता आईपीओ स्थानीय समूहका लागि निश्कासन गरेको थियो ।

तर, कोरोनाको संक्रमण उच्च भएको भन्दै समय अगावै बन्द गरिएको थियो, जसका लागि कम्पनीले अहिले पुन: आईपीओ निश्कासन गरेको हो । 

आयोजना प्रभावित क्षेत्र भोटेकोसी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस) बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर निश्कासन गरेको हो ।

यससँगै कम्पनीले सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर पनि निश्कासन गरेको छ ।

आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि पुनः निश्कासन गरिएको आईपीओमा छिटोमा १७ साउनभित्र र ढिलोमा ३२ साउनभित्र आवेदन दिइसक्नुपर्नेछ । स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मका लागि दरखास्त दिन पाउनेछन् ।

कम्पनीले आईपीओ निश्कासनका लागि ग्लोबल आईएमई क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।