प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक ३ हजार विन्दु पार

प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक ३ हजार विन्दु पार

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ५, २०७८

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३ हजार बिन्दु पार गरेको छ ।

मंगलबार नेप्सेको प्रि ओपनिङ सेसन १०.८५ अङ्कले बढेर परिसूचक ३ हजार ५.४३ बिन्दुमा पुगेको हो ।  

कारोबारमा आएका ४२ कम्पनीको १२ हजार कित्ता सेयर किनबेच हुँदा ४३ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।  

कारोबारमा आएको विकास बैङ्क र फाइनान्स समूह बाहेक कम्पनीको सेयर मूल्य बढेको छ ।