एमालेको माधव खेमा ६ मन्त्रीसहित सरकारमा जाँदै

एमालेको माधव खेमा ६ मन्त्रीसहित सरकारमा जाँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल खेमाले सरकारमा जाने तयारी गरेको छ । नेपाल निकट स्रोतका अनुसार केही दिनभित्र नै माधव खेमा सरकारमा सहभागी हुनेछ । नेपाल खेमालाई ६ वटा मन्त्रालय दिने सहमति भएको र ती मन्त्रालयको टुंगो नलागेकाले मात्र सरकारमा जान ढिला भएको स्रोत बताउँछ ।

यही विषयमा निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद बानेश्वरस्थित अर्याल होटलमा अहिले ४ बजे  छलफलमा जुट्ने भएका छन् ।

नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल खेमाले उपप्रधानमन्त्रीलगायत केही मन्त्रालय पाउनुपर्ने अडान राखिरहेको छ । देउवालाई एमाले अध्यक्ष केपी ओली खेमाका ८ र नेपाल खेमाका १४ जना सांसदले विश्वासको मत दिएका थिए ।