महन्थ सम्झौता पालना मागसहित प्रधानमन्त्रीकहाँ पुगे

महन्थ सम्झौता पालना मागसहित प्रधानमन्त्रीकहाँ पुगे

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुग्नुभएको छ । देउवाले केही समयअघि महन्थहरूसँग गरेको सम्झौता पालना गर्नुपर्ने मागसहित ठाकुर देउवाकहाँ पुग्नुभएको जसपा स्रोतको भनाइ छ । जसपाको ठाकुर खेमाले अन्तिम अवस्थामा आएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुन सक्ने सम्भावना बढेको छ । आज प्रधानमन्त्रीसँगको भेटमा यीबीच यस विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । प्रधानमन्त्री देउवाले यही साताभित्र मन्त्रिपरिषद् बिस्तार गर्ने तयारीमा रहेका छन् । ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा देउवा ठाकुरबीच कुराकानी भएको बताइएको छ । यस्तै, जसपाको अर्को उपेन्द्र यादव खेमाले ७ जना मन्त्रीसहित एक राज्यमन्त्रीमा दाबी गर्दै आएको छ ।