माधव खेमा र ओली खेमाका छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

माधव खेमा र ओली खेमाका छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमाले आफ्नो खेमाको केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेको छ । बैठक आजै बस्ने तयारी भएको एक नेथाले जानकारी दिए ।

काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदसहितको बैठक बस्न लागेको ती नेताको भनाइ छ ।

सोमबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत हाल्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, माधव खेमाका सांसदहरूले स्पष्टीकर०ा नदिने बताउँदै आएका छन् ।

देउवाले विश्वासको मत लिँदै गर्दा माधव खेमाका १० जना सांसद तटस्थ बसेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले पनि आजै एमालेको केन्द्रीय कमिटी बैठक राखेका छन् । एमालेका २ खेमाबीचकाे दोहोरी कति समयसम्म चल्छ, भन्न नसिकने विश्लेषकहरू बताउँछन् ।