नमुना बन्दै भेरी–बबई डाइभर्सन

नमुना बन्दै भेरी–बबई डाइभर्सन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६

बाँके । नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ– आयोजना कहिले पूरा हुन्छ रु

राष्ट्रिय गौरवका आयोजनाले जनताको मन जित्न नसकिरहेका बेला उदाहरणीय बनेको छ– भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जसले बाँके, बर्दिया र सुर्खेतका जनतामा नयाँ उत्साह जगाएको छ। कर्णाली र ५ नम्बर प्रदेशका जनताको आर्थिक विकाससँग जोडिएको भेरी–बबई डाइभर्सनको सुरुङ सम्झौता अवधिभन्दा एक वर्षअगावै सकियो, जसको ‘ब्रेक थ्रु’ कार्यक्रममा वैशाख ३ प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी भए। अहिले आयोजना अधिकारीहरू बाँकी काम तोकिएको अवधिभित्रै सक्ने तयारीमा जुटेका छन्।

आर्थिक वर्ष २०७९÷०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको मुख्य उद्देश्य बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने हो। आयोजना सम्पन्न भएपछि बाहै्र महिना सिँचाइ सुविधाबाट कृषि उत्पादनबाट दुई अर्ब ९० करोड र विद्युत्बाट चार अर्ब ३० करोड रुपैयाँ गरी वार्षिक सात अर्ब २० करोड ९सन् २०१७ को मूल्य निर्धारणअनुसार० फाइदा हुने

अनुमान गरिएको छ। अन्तर–जलाधार स्थानान्तरण गरिएको नेपालको पहिलो आयोजना भेरी–बबई डाइभर्सनको सफलताले अन्य आयोजना सुरुवात गर्ने आँट दिएको बताउँछन् आयोजना निर्देशक सञ्जीब बराल। उनले भने, ‘यसले सुनकोसी–मरिन बेसिन डाइभर्सन, कालीगण्डकी–तिनाउ, तमोर–चिस्याङलगायत आयोजनामा काम गर्ने नयाँ जोस दिएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।