एकताकै पक्षमा रहने माधव नेपाल खेमाको निष्कर्ष

एकताकै पक्षमा रहने माधव नेपाल खेमाको निष्कर्ष

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमाको आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्ष निकालेको छ । 

एकता प्रक्रियालाई राम्ररी अघि बढाउनुपर्छ र एकतालाई जोड दिनुपर्छ भन्ने विषयमा सबैको सहमति भएको एक सदस्यले बताए । एकता प्रक्रिया चलिरहेका बेला वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुस गर्ने र पुतला जलाउने कार्य तत्काल रोक्न बैठकले माग गरेको छ ।

एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुस र पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसलाअनुरूप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरूलाई आतंकित पार्ने र उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्ने पनि बैठकको निष्कर्ष रहेको ती नेताले जानकारी दिए ।