संसाक सम्मान २०७८ को घोषणा : छ जनालाई सम्मान गरिने

संसाक सम्मान २०७८ को घोषणा : छ जनालाई सम्मान गरिने

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण ६, २०७८

काठमाडौँ ।  विगत ९ वर्षदेखि संस्कृति साहित्य र कलाको लेखन, प्रकाशन, प्रसारण र विस्तार गर्दै आएको संसाक मासिकले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका साहित्यिक सम्मान– २०७८ को घोषणा गरेको जनाएको छ ।

  संसाकले यस वर्ष समीक्षा, काव्य/कविता, मुक्तक, नियात्रा, शीत आदि विधाका ६ जना स्रष्टाहरूलाई सम्मान दिने घोषणा गरेको छ ।  संसाक मासिकका अनुसार विभिन्न विधाका सम्मान पाउने स्रष्टा सर्जकहरूमा  संसाक यात्री नियात्रा सम्मान काठमाडौँ कि रञ्जुश्री पराजुलीलाई,  संसाक अनामणि समीक्षा सम्मान काठमाडौँका  अरुणबहादुर खत्री ‘नदी’ लाई, संसाक भद्र कुमारी के.सी.  मुक्त/हाइकु सम्मान सिन्धुपाल्चोक कि अमित घिमिरेलाई प्रदान गरिनेछ । 

त्यसैगरी संसाक तेज/शोभा काव्य सम्मान काठमाडौं कि  रेणु थापा मौनतालाई, संसाक कर्ण शीत सम्मान रुपन्देहीका  देवेन्द्रराज शाक्यलाई र  संसाक गोपालराज/मैयादेवी पाण्डे साहित्य सम्मानबाट मोरङ कि  मेनुका चापागाईलाई सम्मान गर्न लागिएको जानकारी दिइएको छ । 

संसाक मासिकका सम्पादक/प्रकाशक उमेश पाण्डे  अनुसार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीको संयोजकत्व र मुक्तककार जसध्वज गुरुङ र उपप्राध्यापक अनुपमा रेग्मी सदस्य रहेको  तीन सदस्यीय स्रष्टा छनोट समितिले सम्मानित स्रष्टाहरू चयन गरेको हो । 
  घोषित सम्मान समर्पण कार्यक्रमको आयोजना कोरोना भाइरस (कोभिड–१९ को अवस्थालाई ध्यानमा राख्दै उपयुक्त समय र स्थानको छनोट गरी निकट भविष्यमा गर्ने योजना रहेको छ ।