'ओली खेमाको अपमान सहेर बस्न सकिँदैन': माधव नेपाल

'ओली खेमाको अपमान सहेर बस्न सकिँदैन': माधव नेपाल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ७, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली खेमालाई लक्षित गर्दै अपमान सहेर पार्टीमा बस्न नसकिने बताएका छन् ।

आज बिहान पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई आफूले बनाएको घर भन्दै आफ्नो चाहना भर छाड्ने नभए पनि अपमान सहेर बस्न नसकिने बताएका हुन् ।

उनले अध्यक्ष ओलीले कम्युनिस्टको नाम र झण्डाको दुरूपयोग गरेको आरोप पनि लगाए । त्यस्ता गतिविधि रोक्नुपर्ने उनको भनाइ थियो । अरूको अपमान गर्नेले आफ्नो सम्मान पनि कायम राख्न नसक्ने उनले बताए । ओली खेमाका कार्यकर्ताले बाँदरका मखुण्डो लगाएर जुलुस र पुत्ला निकालेर गलत हर्कत गरेको उनको गुनासो थियो ।