‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यास

‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यास

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय अभ्यास भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको दाबी गरेका हुन्।

‘म मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरूको होइन भनेको हो र रु मेरो देश, मेरो राष्ट्रिय गान, मैले बनाएको मेरो मात्र हो र रु तर, यो मेरो राष्ट्रिय गौरवको विषय हो,’ प्रधानमन्त्रीले भने, ‘मेरो सरकार’ को अर्थलाई बृहत् र सामूहिक रुपमा बुझ्ने प्रयास गर्नुपर्छ।’

राष्ट्रपति देशको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीले थपे, ‘यसमा अन्यथा मान्नुपर्ने आवश्यकता छैन। राष्ट्रपतिको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो।’ राष्ट्रपति राष्ट्र प्रमुख हो, संस्था हो। मैले व्यक्तिको कुरा गरिराखेको छैन। त्यसैले राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो। यो जननिर्वाचित सकार हो र उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नुभएको हो,’ प्रधानमन्त्रीले भने। यस्तो अन्तर्राष्ट्रिय अभ्यासबारे बौद्धिक जगत तथा मिडिया बेखबर जस्तै बन्दा आश्चर्य लागेको उनले बताए। ‘धेरै परको कुरा छाडौं। संसारभरिका कुरा छाडौं, अन्य मुलुकका कुरा पनि छाडौं। छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ। भारतमा अर्को पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माई गभर्मेन्ट’ भन्ने चलन छ। भारतका धेरै राष्ट्रपतिले धेरैपटक ‘माई गभर्मेन्ट’ भनेका छन्। त्यहाँका राष्ट्रपतिले के डेमोक्रेसी नबुझेर यस्तो भनेका हुन् रु अनि हाम्रो देशमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने रु भारत पनि गणतन्त्रात्मक मुलुक हो। तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो। यसमा झल्को लाग्नुपर्ने कुनै आवश्यकता छैन।’ आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।