मैलुङ खोलाले १४ साउनदेखि आईपीओ जारी गर्दै

मैलुङ खोलाले १४ साउनदेखि आईपीओ जारी गर्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ७, २०७८

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । १४ साउनदेखि उक्त आईपीओ बिक्री खुला गरिनेछ । सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निश्कासनका लागि २३ असारमा धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ । आईपीओ बिक्री छिटोमा १८ साउनसम्म र ढिलोमा २८ साउनमा बन्द हुने कम्पनीले जनाएको छ । आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।